बैंक तथा वित्तीय संस्थाले दुई महिनामा कमाए १८ अर्ब १४ करोड, ग्लोबल पहिलो बन्दा नबिल दोस्रो

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाले १८ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरू १७ अर्ब ६३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

साउन पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्ब ५ करोड रुपैयाँ थियो । भदौ १ महिनामा बैंक तथा वित्तीय संस्थाले ८ अर्ब ९ करोड रुपैयाँ कमाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले चालु आवको साउन र भदौमा गरेको नाफामध्ये १६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा वाणिज्य बैंकहरुले समग्रमा ८ अर्ब ५२ करोड हजार रुपैयाँ खुद नाफा कमाएका थिए । गत आवको साउन र भदौ महिनामा वाणिज्य बैंकहरूले खुद १६ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यसअवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकको रहेको छ । यसले १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा नबिल बैंकले १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ । दुई महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन बैंक र कुमारी बैंकले पनि १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आवको दुई महिनामा १ अर्ब ४८ करोड, हिमालयन बैंकले १ अर्ब २३ करोड, कुमारी बैंकले १ अर्ब १४ करोड कमाएर दुई महिनामानै अर्बपतिको क्लबमा दर्जा पाएका छन् । अन्य बैंकको नाफा भने अर्बभन्दा कम छ ।

प्राइम कमर्शियल बैंकले ८७ करोड कमाउँदा लक्ष्मी सनराइज बैंकले ८१ करोड कमाएको छ भने एनलाईसी एशियाले ८० करोड, एनएमबि बैंकले ७६ करोड कमाएको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम नाफा नेपाल एसबीआई बैंकले कमाएको छ । यसले दुई महिनामा २७ करोड २९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स