एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असोज ३० गते सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७९/८० का लागि १० ५ बोनस सेयर र १०.५३५ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी वृद्दि हुने भएकोले जारी र चुक्ता पूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारण सभाले आ.व. २०८०/८१ को लागि श्री एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स