कामना सेवा विकास बैंकले कार्तिक २३ मा बोलायो साधारणसभा

कामना सेवा विकास बैंक लिमिटेडले कार्तिक २३ गते साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले उक्त दिन पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठमा १५ औं वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स