काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)ले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख कुशुम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रम जनकपुरमा भएको हो ।
प्रशिक्षणमा सहभागि प्रतिशाक्र्षीहरूलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सका नेशनल कोअर्डिनेटर, प्रदेश प्रमुख, विभागीय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतकीरण दिएका थिए ।
मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ र ग्राहक सेवा लगायतका विषयहरुको प्रस्तुतिकरणले समग्र मधेश प्रदेशमा कार्यरत कम्पनीका कर्मचारीहरुमा ज्ञान र उत्साहको सञ्चार भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।