एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले बुझे ३ करोड तलब तथा भत्ता

काठमाडौं । एनआईसी एशिया बैंक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले करिब ३ करोड रुपैयाँ तलव तथा भत्ता बुझेका छन् । बैंकले सार्वजनिक गरेको २६ औं साधारण सभाको वार्षिक प्रतिवेवदन अनुसार न्यौपानेले दुई करोड ९८ लाख ६३ हजार रुपैयाँ वार्षिक तलव भत्ता वापत बुझेका हुन् ।

सीईओ न्यौपानेले वार्षिक रुपमा कुल तलव भत्ता वापत दुई करोड ४० लाख ८८ हजार रुपैयाँ, कर्मचारी बोनश वापत ५५ लाख ३७ हजार रुपैयाँ, अन्य रकम वापत एक लाख १७ हजार रुपैयाँ र अन्य सुविधा वापत एक लाख २० हजार रुपैयाँ बुझेका छन् ।

साथै, उनलाई आर्थिक वर्ष २०७९÷०८० मा आर्थिक वर्षको बोनश प्राप्त र अन्य सुविधा अन्तर्गत एक सवारी साधन तथा सवारी चालकसहित बीमा, कर, मर्मत सम्भार लगायतका खर्च बैंकले प्रदान गरेको जनाएको छ । बैंकले गत आर्थिक वर्षमा कुल चार अर्ब ९६ करोड १० लाख रुपैयाँ कर्मचारी खर्च भुक्तानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स