गरिमा विकास बैंकको कार्डमा २० प्रतिशत नगद फिर्ता

काठमाडौं । गरिमा विकास बैंकले दशैंलाई लक्षित गरी डेविट÷क्रेडिट कार्डमा २० प्रतिशत नगद फिर्ता योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरि गरिमा विकास बैंकले आफ्ना ग्राहक महानुभावहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्नुहुँदा २० प्रतिशत वा अधिकतम २ सय नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम २ सयसम्म नगद फिर्ता पाउन सक्नुहुनेछ । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन उद्देश्यले सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स