काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक फाइनान्स कम्पनीको साढे ६ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ६.५० प्रतिशत दरका कुल ६ लाख ८४ हजार ४५४ कित्ता सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।