नबिल बैंकको यी ५ शाखाबाट नयाँ नोट साट्न सकिने

काठमाडौं । नबिल बैंकले नयाँ नोट सटही गर्नका लागि विभिन्न शाखा तोकेको छ।

बैंकले आज एक सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट सटही गर्न उपत्यकाका विभिन्न ५ वटा शाखा तोकेको हो।

जसअनुसार असोज २९ गतेदेखि लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमल बिनायक र बौद्ध रामहिटी शाखाबाट नयाँ नोट सटही गर्न सकिने छ ।

उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही गर्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स