सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भारतबाट आएका महिला बाइक राइडरहरुको स्वागत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ ।

बैंकले असोज २३ गते का दिन ‘Stop Sexual Voilence’ भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट आएका उक्त राइडरलाई बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो ।

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक सेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडर द्वय स्वाती आर र अनिता एम को एक कार्यक्रम वीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गरे ।

यस स्वागत कार्यक्रमले ‘Stop Sexual Voilence’ भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स