मंगलबार अमेरिकी डलरको भाउ बढ्यो, अन्य विदेशी विनिमयको दर कस्तो ?

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको बिक्री दर १३३.५३ रुपैयाँ र खरिदको भाउ १३२.९३ रुपैयाँ तोकेको छ ।

असोज ३ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च १३३.५४ रुपैयाँमा पुगेको थियो।
अमेरिकी डलर र युरोपियन युरोको भाउ बढ्दा बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ । हिजो १४०.७१ रुपैयाँमा खरिद र १४१.३४ रुपैयाँमा बिक्री भएको युरोको आज खरिद दर १३९.९२ र बिक्री दर १४०.५५ रुपैयाँ तय भएको छ ।

आज १ पाउण्डको खरिद दर १६१.७३ रुपैयाँ र बिक्री दर १६२.४९ रहेको छ । हिजो १ पाउण्डको खरिद दर १६२.६७ रुपैयाँ र बिक्री दर १६३.४० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स