नेप्सेमा सानिमा बैंकको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो।

यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता २६९.७० रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २४७.४३ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर भोलि सोमबार यसको कारोबार खुल्ने छ । यस बैंकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २ गते साधारण सभा आव्हान गरेको छ । सभा, कुण्डलिनी दरबार ब्यांकेट, चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकले सेयरधनीलाई ९५ बोनस सेयर र कर प्रयोजनसहित ५.७०५ नगद गरी कुल १४.७०५ लाभांश दिने प्रस्ताव गरेको छ । सभाबाट प्रस्ताव पारित भएपछि यसले लगानीकर्तालाई सेयर वितरण गर्नेछ ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :

१. आर्थिक वर्ष २०७९/८० को संचालक समितिको १९ औ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आ.व. २०७९/८० को नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनीहरू सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरीटज लिमिटेडको आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री पि.के.एफ.टि.आर. उपाध्या एण्ड कं। चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन योग्य रहेको)

५. संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८० साल आषाढ मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५.७०५ नगद लाभांस (कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम २०८० साल आषाढ मसान्तमा कायम रहेको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ९५ बोनस सेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गरि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।

२. बैंकको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स