रियलस्टेट कर्जाको पनि सीमा बढ्यो, अब धितोको ५० प्रतिशतसम्म कर्जा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियलस्टेट कर्जाको पनि सीमा पनि बढाएको छ । राष्ट्र बैंकले रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बीचको अनुपात बढीमा ५० प्रतिशतसम्म कायम गरेको छ । यसअघि यस्तो कर्जाको सीमा ४० प्रतिशतसम्म मात्र थियो । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै काठमाडौं उपत्यकामा धितो सुरक्षणको ४० प्रतिशतमात्रै कर्जा लिन पाउने व्यवस्था थियो ।

तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकले आज जारी गरेको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स