नेशनल बैकिंङ इन्स्टिच्युटद्वारा धनगढीमा एक दिने सेमिनारको आयोजना

काठमाडौं । नेशनल बैकिंङ इन्स्टिच्युटले देशमा विद्यमान कर्जा लगानीको अवस्था, सम्भावना र चुनौतीका बारेमा छलफल गर्न सुदुर पश्चिम प्रदेशको धनगढीमा एक दिने सेमिनारको आयोजना गरेको छ । इन्स्टिच्युटले असोज १३ गतेका दिन उक्त स्थानमा ‘नेभिगेटिङ दि क्रेडिट ल्यान्डस्केप’ विषयक एक दिने सेमिनारको आयोजना गरेको हो ।

सो सेमिनारमा सुदुर पश्चिम प्रदेश स्थित बैंक तथा वित्तिय संस्थाका ६५ जना भन्दा बढी पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीका साथै वरिष्ठ बैकिंङ विज्ञहरु परशुराम कुँवर क्षेत्री तथा अजय श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त सेमिनारले मुलुकमा कर्जा लगानीको अवस्थाका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरु र सरोकारवालाहरुलाई एकै ठाउँमा भेला भई छलफल गर्ने अवसर प्रदान गरेको थियो । उक्त सेमिनारमा विशेष गरि कर्जा लगानीका लागि बैकिंङ तथा वित्तिय क्षेत्रले सामना गरेका चुनौतिहरु, कर्जा लगानीका अवसरहरु र कर्जा परिचालनका लागि प्रभावकारी वातावरण तयार गर्ने रणनीतिका बारेमा छलफल भएको थियो ।

उक्त कार्यक्रममा परशुराम कुँवर क्षेत्रीले साना तथा मझौला व्यवसाय क्षेत्रमा रहेका अवसर र जोखिमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अर्का वक्ता अजय श्रेष्ठले खुद्रा व्यवसायमा कर्जा लगानी गर्दा आइपर्ने चुनौतीहरुका बारेमा केश स्टडी प्रस्तुत गरेका थिए । यसैगरि नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारीले बैंकहरुको कर्जाको गुणस्तर का बारेमा चर्चा गर्दै बैंकहरुले सुधार गर्नुपर्ने क्षेत्र का बारेमा जोड दिए ।

उक्त अवसरमा एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक र एनएमबि बैंक का प्रदेश प्रमुखहरु क्रमशः सतिश प्रताप सिंह, पुकार सुवेदी र श्याम अधिकारी सम्मिलित तथा परशुराम कुँवर क्षेत्रीद्वारा संचालित सामुहिक छलफल कार्यक्रमको पनि आयोजना पनि गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स