कुमारी बैंकलाई ५ अर्बको ऋणपत्र निष्काशनका लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुमारी बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले बैंकलाई १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

१० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

बैंकले ५० लाख कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ३० लाख कित्ता निजि तबरबाट बिक्री गर्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स