नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ।

मंगलबार बैंकको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नेप्सेमा सूचीकृत भएको हो। उक्त ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १४ लाख १८ हजार ३६६ इकाइ सूचीकृत भएको छ ।

नेप्सेले उक्त ऋणपत्रलाई ‘एसबीआईडी८९’ कारोबार संकेत प्रदान गरेको छ।

१० वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

योसँगै, अब भोलिबाट उक्त ऋणपत्र कारोबारमा आउनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स