एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 

काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुई बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशियाले असोज २८ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

एभरेष्ट बैंक (भ्द्यी) ले भने असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स