पब्लिक बन्दै एयर लाइन्स कम्पनी, बुद्धसहित आधा दर्जन कम्पनी आईपीओ निष्काशन गर्ने योजनामा

काठमाडौं । गत आर्थिक वर्षमा आईपीओ निष्काशनमा हाइड्रोपावर कम्पनीहरूले बाढी नै आयो । अहिले यो क्षेत्रका कम्पनीहरूको आईपीओ निष्कासन यहि गतिमा बढेपनि पछिल्लो समय एयरलाइन्स कम्पनीहरू पनि आईपीओ निष्कासनमा अगाडि देखिएका छन् । यसको अर्थ अब एयर लाइ्न्स कम्पनीहरू पब्लिक बन्न लागेका हुन् ।

आन्तरिक उडानमा ५० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बुद्ध एयरले कम्पनीलाई पब्लिकमा लैजाने घोषणा गरिसकेको छ । कम्पनीले आन्तरिक उडानमा नभई अन्तर्राष्ट्रिय उडानका लागि स्थापना गर्न लागेको कम्पनीको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले अन्तर्राष्ट्रिय उडानतर्फको कम्पनीलाई रुपान्तरण गरेर आईपीओ निष्काशन गर्ने रणनीतिक योजना सार्वजनिक गरेको छ ।

बुद्ध एयरपछि यति एयरले पनि आइपीओमा जाने निर्णय सार्वजनिक गरिसकेको छ । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीसँगै हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कम्पनीको वित्तीय अवस्था विस्तारै खस्कदै जान थालेको थियो । वित्तीय संकट गहिरिंदै गएपछि यति एयरको मुख्य प्रबर्द्धक कम्पनी यति होल्डिङ्सले ४९ प्रतिशत सेयर बिक्री गर्ने योजना अघि सारेको छ । स्रोतका अनुसार यतिको सेयर प्रिमियममा एसियन लाइफ इन्स्योरेन्सले खरिद गर्दैछ । एसियन लाइफ इन्स्योरेन्सलाई कम्पनीमा भित्र्याएसँगै कम्पनीले प्रिमियममा आईपीओ निकाल्ने योजना बनाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई न्यूनतम ३ वटा जहाज हुनुपर्ने र पाँच वर्षमा ५ वटा पुर्याउनुपर्ने व्यवस्था गरेपछि भने धेरै हवाई कम्पनीहरु समेत आईपीओमा जाने योजनामा रहेका छन् । आन्तरिक उडानको हेलिकप्टर कम्पनी कैलाश हेलिकप्टरले मंगलबारमात्रै पब्लिकमा जाने निर्णय गरेको छ भने यसअघि प्रभु हेलिकप्टरले समेत आईपीओ जारी गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स