काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ले लाभांश घोषणा गरेको छ।
बिहीबार बसेको योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले उक्त म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९/८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९.६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार इकाइधनीहरुलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो।
त्यस्तै, बैठकले लाभांश वितरणार्थ असोज २६ गते बुक क्लोजको मिति पनि तय गरेको छ। तसर्थ असोज २५ गतेसम्म कायम इकाइधनीहरुले मात्रै यो योजनाको लाभांश पाउनेछन्।