दुई दिनमै बाहिरियो १ खर्ब १७ अर्ब पैसा, लगानीमा पनि थपियो उत्साह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट दुई दिनमा १ खर्ब १७ अर्ब निक्षेप बाहिरिएको छ । असोज ५ गतेसम्म बैंक तथा वित्तीय संस्थासँग ५७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । असोज ७ गते सो निक्षेप ५६ खर्ब ४१ अर्ब ६० रुपैयाँ थियो । हिजो असोज ८ गते सो निक्षेप ३ अर्ब ३० करोड रुपैयाँले बढेर फेरि ५६ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

हिजो सोमबार ८ गतेसम्म वाणिज्य बैंकमा ४९ खर्ब ५४ अर्ब ५० करोड रुपैयाँ निक्षेप रहेको छ भने विकास बैंकले ५ खर्ब ६८ अर्ब ५० करोड र फाइनान्स कम्पनीले १ खर्ब ११ अर्ब ९० करोड रुपैयाँ निक्षेप रहेको छ ।
कति भयो त २ दिनमा लगानी ?

असोज ५ गतेदेखि ७ गतेसम्मको दुई दिनमा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब लगानी गरेको छ । असोज ७ गतेसम्म ४८ खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् । सो लगानीमध्ये वाणिज्य बैंकको लगानी ४३ र्ख १६ अर्ब ४० करोड हो भने विकास बैंकको लगानी ४ खर्ब ७१ अर्ब १० करोड र फाइनान्स कम्पनीको लगानी ९१ अर्ब ८ करोड हो ।

हिजो सोमबार बैंक तथा वित्तीय संस्थाको कुला कर्जा बढेर ४८ खर्ब ७९ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । सो लगानी मध्ये वाणिज्य बैंकको लगानी ४३ खर्ब १७ अर्ब १० करोड रुपैयाँ हो भने विकास बैंकको लगानी ४ खर्ब ७१ अर्ब ५० करोड पुगेको छ । फाइनान्स कम्पनीको कर्जा प्रवाहमा भने ३ दिनमा कुने परिवर्तन आउको तथ्यांकमा देखिएको छैन ।

अस्ति आइतबारसम्म २.६५ प्रतिशत रहेको इन्टरबैंक कारोबार हिजो सोमबार घटेर २.५४ प्रतिशतमा अझेको छ । १ दिनमा करिब ०.११ विन्दुले घटेको छ । हिजोसम्म बैंकहरूको सीडी रेसियो ८२.४ प्रतिशत रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स