गभर्नर अधिकारी सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन सकरात्मक

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन सकरात्मक देखिएका छन् । सोमबार गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भएको छलफलमा गभर्नर अधिकारी १२ करोडको सीमा हटाउन सकरात्मक देखिएका हुन् ।

राष्ट्र बैंक स्रोतका अनुसार हाल १२ करोड रहेको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ २० करोडसम्म पुग्न सक्छ । संस्थागततर्फ भने यति नै हुने भन्ने यकिन भइसकेको छैन । स्रोतका अनुसार यो सीमा व्यक्तिगतको भन्दा दोब्बर वा त्योभन्दा पनि बढी हुनसक्ने देखिएको छ । त्यसका लागि राष्ट्र बैंकले सर्कुलरबाट प्रस्ट पार्ने बताइएको छ ।

गत साता गभर्नर अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गर्दै १२ करोडको सीमा हटाउन ग्रिन सिग्नल दिएका थिए । त्यसपश्चात् उनले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बोलाएका थिए । स्रोतका अनुसार अधिकांश सञ्चालकहरुले १२ करोडको सीमा हटाउनु पर्ने धारणा राखे । सबैले १२ करोडको सीमा हटाउनु पर्छ भनेपछि गभर्नर पनि सो समिा हटाउन तयार बनेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स