राष्ट्र बैंकद्वारा मोहर डिजिटलको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रा.लि.को अनुमतिपत्र खारेज गरेको छ। राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै मोहर डिजिटलको अनुमतिपत्र खारेज गरेको जनाएको हो ।

भुक्तानी तथा फर्छ्र्यौट ऐन, २०७५ को दफा ३६ खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकोले मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ। भुक्तानी फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०), २०७७ को विनियम ३५ को खण्ड (ग)को व्यवस्थाबमोजिम अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरुको प्रयोग गर्ने ग्राकहसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंक सूचित गरेको छ।

मोहर डिजिटलले राष्ट्र बैंकबाट भुक्तानी सेवाप्रदायकको रूपमा कार्य गर्नेगरी मिति २०७६ असोज ३० गते अनुमति पाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स