काठमाडौं। व्यापारी रोहिणी थपलियाल ‘पद्म श्री प्रालि’ नाममा लिएको ऋण नतिरेपछि बैंकले उनको सम्पति लिलाम गर्ने गर्ने सूचना निकालेको छ । राजदरबार नजिक रहेका थपलियाले राजदरबार नजिकै पद्म श्री फर्निचर उद्योग स्थापना गरेका थिए भने जापानी गाडी माज्दाको नेपालको अधिकृत बिक्रेता थिए । उनको कम्पनीको नाम ‘पद्म श्री प्रालि’ हो।
अहिले बैंकले थपलियाको सम्पति लिलाम गर्न बैंकले १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । लामो समयसम्म ऋण नतिरेपछि बैंकले पटक पटक ऋण उठाउने प्रकृया अघि बढायो तर, अन्ततः केही नलागेपछि लिलामी प्रकृया थालिएको बैंक उल्लेख गरेको छ ।
थपलिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्धी हुन् । बैंकले गत असोज ७ गते नै सार्वजनिक सूचना जारी गरेर ऋण तिर्न भनेको थियो। त्यसअघि २०७६ साल माघमा पनि ऋण तिर्न भनेको थियो। त्यसबेला सामान्य ब्याज तिरेर ऋण नियमित गरिएको थियो। पछि फेरी उनले ऋण तिर्न बन्द गरेका हुन् ।