नेपाल बैंकबाट असोज १४ गते बाहिरिदै सीईओ अधिकारी, नयाँ सीईओ खोज्न छनोट समिति गठन, को को होलान् प्रत्यासी ?

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी बैंकबाट बाहिरिने भएका छन् । सीईओको रुपमा ४ वर्षको कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन् । अधिकारीको नदोहोराउने मोडमा पुगेको सरकारले कसलाई बनाउला देशकै इतिहास बोकेको नेपाल बैंकको सीईओ भनेर सर्वत्र चर्चा सुरु भएको छ ।
१९९४ सालमा स्थापना भएको नेपाल बैंकमा अधिकारीले वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओको जिम्मेवारी पाएका थिए । बैंक सञ्चालक समितिले उनलाई दोस्रो कार्यकालका रुपमा नियुक्त गर्न आनाकानी गरेपछि अधिकारीले बैंकबाट बाहिरिने निर्णय गरेको बुझिएको छ ।

बैंकको सञ्चालक समितिले नयाँ सीईओ नियुक्तिको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । बैंकका सञ्चालक समिति सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन गरिएको छ । बैंक स्रोतका अनुसार आगामी बिहीबार बस्ने सञ्चालक समिति बैठकले नयाँ सीईओका लागि आवेदन आह्वान गर्नेछ ।

हुन न त नेपालमा सीईओ बन्ने क्षमता भएका धेरै छन् । चार्टर्ड एकाउन्टेन संघ आइक्यानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्य, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जीवी चापागाईं, डा केशवप्रसाद श्रेष्ठलगायतले नेपालको सीईओका लागि आवेदन दिने बुझिएको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशन प्रक्रियामा गएपछि धेरै सीईओ जागीर गएर अन्य पेशामा बसिरहेका छन् । उनीहरूको लागि पनि यो ठूलो अवसर हो । त्यसो त बैंकमा सीईओ बन्ने क्षमता र योग्यता भएका कर्मचारी छन् । तर, सरकारले नियुक्त गर्ने भएकोले सरकारको नजिक भएकाले सो बैंकको नेतृत्व लिने चर्चा सुरु भएको छ ।
२०७६ मा खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका अधिकारीले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै बैंकको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकालमा नेपाल बैंकले फड्को मारेको छ । कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स