एभरेष्ट बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले आफ्नो २९ औं वार्षिक साधारणसभा असोज ३० गते काठमाडौंको लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा आह्वान गरेको हो ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीहरुलाई दशैंखर्च दिने उद्देश्यसहित प्रस्तावित नगद लाभांश र बोनस सेयर पारित गर्न सभा डाकेको हो।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको कुल २०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (करसहित) छन्।

बैंकको सभामा आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको एकीकृत वासलात, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आ.व. २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स