सुन आयातको कोटा बढाउँदै राष्ट्र बैंक, अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने

काठमाडौं । अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा अधिकतममा २० केजीसम्म पुर्याउने तयारी गरेको हो।

हाल वाणिज्य बैंकहरुले प्रतिदिन १० केजी सुन आयात गर्दै आएका छन्। राष्ट्र बैंकको यो निर्णसँगै अब दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने भएका छन्।

सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंकका एक अधिकारीले भने । तथापि, राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । ‘यसबारेमा आउँदो आइतबार वा सोमबार सबै बैंकलाई परिपत्र गरिनेछ’, उनले भने ।

वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात हुँदै आएकोमा २०७८ फागुन २२ गते नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स