एनआईसी बैंकको साधारणसभा असोज २८ गते घटस्थापनाको दिन तय, सेयरधनीले ३०.५२ प्रतिशत लाभांश पाउने

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ । बैंकले यहि असोज २८ गते साधाराण्सभा डाकेको हो । नेपाल राष्ट्र बैंकले २९ प्रतिशत बोनस सेयरसहितको लाभांश वितरण गर्न स्वीकृति प्रदान यसअघिनै अघि सकेको छ ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुनेछ । यो दिन घटस्थापना परेको छ ।

सभाले गत आर्थिक वर्ष २०७९÷०८०का लागि प्रस्तावित चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको कुल ३०.५२६३ प्रतिशतले हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशतले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकको वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। सोही सभाले बैंकको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स