काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले कर्जाको ब्याज घटोस् भनेर स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिएपनि केहि बैंकले ब्याज बढाएको गुनासो गरेका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सवमा बोल्दै अर्थमन्त्री महतले पैसा दिए पनि ब्याज नघटेको गुनासो गरे । ‘बैंकहरूलाई अर्थतन्त्र चलायमान बनाउन सहयोग गरिदिनुस् भन्दा उल्दै ब्याज बढाए,’ उनले भने ‘अहिले बजारमा फैलिएको नेगेटिभ चेन साइकललाई परिवर्तन गर्नुपर्छ ।’
‘अर्थतन्त्रमा सुधार हुँदै गएको छ । पर्यटन आगमन बढेको छ, रेमिट्यान्स बढेको छ । स्रोत बढेपनि परिचान हुन सकेको छैन । निजी क्षेत्रले पोजेटिभ म्यासेस फैलाउनु पर्ने देखिएको छ । बैंकका साथीहरू पनि अर्थतन्त्र चलायमान बनाउन सघाउनु पर्ने भयो । अर्थतन्त्र चलायमान हुँदा रोजगारी सिर्जना र उत्पादन बढ्छ, रोजगारीले मानिसको आयस्रोत बढाउँछ, यसले राजस्वमा अहिले परेको दवाव पनि कम गर्छ’ अर्थमन्त्रीले भने ।
निक्षेप तथा कर्जाको जोखिम न्यूनीकरणमध्ये सुरक्षण पनि एक गतिलो औजार हो । यो संस्थाको आफ्नै स्वास्थ्य ठिक भएमात्र अरुलाई राम्रो सेवा प्रदान गर्न सक्छन् । यसको पहुँच विस्तार भइरहेको छ । अझ यो संस्थाले प्रभावककारी सेवा दिनेमा आफू विश्वस्त रहेको उनले बताए ।
यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दूरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको पनि उनले जानकारी दिए ।
हाल कोषले ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए । ‘