एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सीईओमा हेमन्त बस्याल नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमन्त बस्याल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले बस्याललाई असोज ७ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।

बस्याल पेसाले चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) हुन्। उनले अमेरिकाको सीएफए इन्स्टिच्युटबाट सीएफएको पढाइ पूरा गरेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स