एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर आज असोज ४ गतेबाट बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १० गतेसम्म तोकिएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स