यस्तो छ आजको अमेरिक डलरको भाउ, अन्य विदेशी मुद्राको मूल्य

काठमाडौं । आज बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३३.२२ रुपैयाँ कायम भएको छ । खरिददर १३२.६२ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ केही सम्हालिएको हो ।

बुधबार १ डलरको भाउ (बिक्रीदर) १३३.५४ रुपैयाँ कायम भएको थियो । यस्तै, खरिददर पनि १३२.९४ रुपैयाँ कायम भएको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) निरन्तर कमजोर बन्दै गएको छ ।

आज युरोको भाउ भने घटेको छ । आज १ युरोको खरिद दर १४१.९२ रुपैयाँ र बिक्री दर १४२.५७ कायम भएको छ। हिजो १ युरोको १४२.३१ र बिक्री दर १४२.९५ रुपैयाँ थियो।

बेलायती पाउन्ड स्टर्लिङको मूल्य आज बढेको छ। हिजो १ पाउन्ड १६५.६६ रुपैयाँमा बिक्री भएकोमा आज १ पाउन्डको बिक्री दर १६४.७१ पुगेको छ। आज १ पाउन्डको खरिद दर १६३.९६ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स