सिटिजन्स बैंकलाई ३ अर्बको ऋणपत्र निष्काशनका लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशनका लागि अनुमति प्रदान गरेको हो।

अब सिटिजन्स बैंकले ‘सिटिजन्स बैंक बन्ड-२०८०’ जारी गर्नेछ। बैंकले उक्त ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

उक्त ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स