काठमाडौं । नेपाल एसबिआई बैंक लि. र ओम्नी मोटर्स प्रा.लि बीच सम्झौता भएको छ ।
उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र ओम्नी मोटर्स प्रा.लि का तर्फबाट सह निर्देशक उदयन काब्राको संयुक्त हस्ताक्षर बीच बैंकका कर्पोरेट क्रेडिटका प्रमुख विनोद अधिकारी, रिटेल एण्ड एसएमई प्रमुख प्रविण भट्टराई र कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
यस सम्झौताको उदेश्य बैंकको हायर पर्चेज योजना अन्तर्गत सवारी साधनहरुको फाइनानसिङलाई सहज बनाउन रहेको छ ।
यस बैंकले ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।