नाडा अटो शोमा गाडी किन्दा सानिमा बैंकबाट १०.९९ प्रतिशतमा ब्याजमा लोन पाइने

काठमाडौं । सानिमा बैंकले ‘नाडा अटो शो’ १५ औं संस्करणको लागि ७ वर्षको १०.९९ प्रतिशत स्थिर ब्याजदरमा अटो लोन योजना ल्याएको छ । बैंकले आम ग्राहकको गाडी चढ्ने चाहना पुरा गर्न ‘सानिमा अटो लोन’ योजना ल्याएको हो ।

बैंकले चाडपर्वको आगमनसँगै सस्तो अनि स्थिर ब्याजदरमा ‘सानिमा अटो लोन’ योजना ल्याएको हो । अटो शोको अवधिमा बुकिङ गर्ने ग्राहकले ०.५० प्रतिशत सेवा शुल्कमा नै अटो लोन पाउने छुटको व्यवस्था मिलाएको छ ।

अटो शोमा सानिमा बैंकबाट दैनिक २५ देखि ३० वटा गाडी बुकिङ भइरहेको बैंक एकान्तकुना शाखामा प्रमुख मधुप्रकाश खतिवडाले बताए । ‘यहाँ ईभीमा बढी आकर्षण देखिएको छ,’ उनले भने ‘प्रायजसो ग्राहकहरूले ईभीको गाडी किन्दा बैंकको ब्याजदर, छुटको व्यवस्था र फाइनासिङका वारेमा जानकारी लिने गर्छन ।’ जानकारी लिने ग्राकहमध्ये ३० देखि ४० प्रतिशतले बुकिङ नै गरेका उनले बताए । अटो शोमा टाटाको टिगो र बीआईडी बढी बुकिङ भएको जानकारी दिए ।

आज आइतबारसम्म चल्ने नाडा अटो शोमा बैंकहरूले कम्तीमा पनि विभिन्न ब्राण्डको गरी १२५–१२५ वटासम्म गाडी बुकिङ गरेको देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स