काठमाडौं । अब बैंकहरूले विभिन्न स्किममार्फत पुरस्कारको लोभ देखाएर ग्राहक झुक्याउन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशक संशोधन गर्दै निक्षेप संकलन गर्नकै लागि बैंक तथा वित्तीय संस्थालाई विभिन्न स्कीम ल्याउन नपाउने व्यवस्था गरेको हो । निक्षेप संकलन गर्नकै उद्देष्यले चिट्ठा, कुपन, प्रतियोगिता, पुरस्कारलगायत स्कीम नल्याउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
त्यस्तै बैंकहरूले ग्राहकलाई जानकारी नदिइ कुनैपनि वित्तीय सेवाहरू उपलब्ध गराउन नपाइने समेत निर्देशनमा उल्लेख गरिएको छ । कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने सबै प्रकारका स्वदेशी मुद्राका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको सीमा ५ प्रतिशतभन्दा बढि फरक हुन नहुनेसमेत व्यवस्था गरिएको छ ।