काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश (करसहित) गरि कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण गरिने छ ।