धितो लिलामीः ऋणी प्रति थप लचक राष्ट्र बैंक

काठमाडौं । धितो लिलामीमा राष्ट्र बैंक लचिलो बनेको छ । नेपाल राष्ट्र बैंकले धितो लिलामीमा नयाँ व्यवस्था लागू गरेर ऋणी प्रति थप लचकता देखाएको हो । बैंकले ऋणीले ६ महिनासम्म ऋणको किस्ता र ब्याज नतिरेमा धितो लिलामी गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले १ वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारवाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भएको हुनुपर्ने नत्र लिलामी गर्न नपाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिकामा संसोधन गर्दै धितो लिलामीको प्रक्रियालाई ऋणीको पक्षमा सहुलियत दिएको हो । अहिले केही बैंक तथा वित्तीय संस्थाले १ महिनामा नै किस्ता नियमित नहुदा नै धितो लिलामी गर्ने गरेका थिए ।

साथै, ब्याज पूँजीकरणका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र यस बैंकमा पुँजीकरणका लागि निवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स