नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंक सीईओ नभएपनि सञ्चालन गर्न पाउने

काठमाडौं । अब नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकले प्रमुख कार्यकारी अधिकृत नराखी बैंक सञ्चालन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ लाई संशोधन÷परिमार्जन गर्दै मर्जरमा जान लागेका बैंक तथा वित्तीय संस्थाको लागि यस्तो छुटको व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सीईओ बिना ३ महिनामात्र रहन पाउने व्यवस्थालाई परिमार्जन गर्दै एकीकृत निर्देशन, २०७७ मार्फत यस्तो व्यवस्था गरेको हो । यसअघि प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिसक्नु पर्ने व्यवस्था थियो ।

‘गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा यस बैंकबाट सैद्धान्तिक सहमति दिइसकिएको अवस्थामा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमा पदपूर्ति गरिसक्नु पर्ने व्यवस्थामा छुट प्रदान गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स