छिमेकी दुई बैंकले लाभांश घोषणा गर्दा ३ बैंक आतुरमा, अन्य बैंकको क्षमता कति ?

काठमाडौं । दशैं नजिकिदै जाँदा बैंक, वित्तीय संस्था तथा अन्य कम्पनीहरूले लाभांश वितरण सुरु गरेका छन् । अर्थतन्त्र चलायमान नहुँदा आयस्रोत खुम्चिएका आम सेयरधनीलाई दशैं अघि नै खर्च दिन यस्तो गरिएको हो । चालु आव लागेयता दुई दर्जनभन्दा बढी कम्पनीले लाभांश घोषणा र कसै कसैले साधारणसभानै गरिसकेमन छन् भने अहिलेसम्म छिमेकी दुई बैंक माछापुच्छ्रेर एभरेष्ट बैंकलेमात्रै गत आवको लाभांश घोषणा गरेका छन् । जति सक्दो छिटो लाभांश वितरण गर्न अन्य ३ बैंक सिटिजन्स बैंक इन्टरनेशल, एनएमबि बैंक र एनआईसी एशिया पनि लागि परेका छन् । बैंकहरूले सम्भवत यसै साता लाभांश घोषणा गर्ने छन् ।

चालु आवमा माछापुच्छ्रे बैंकले १४ प्रतिशत र एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश दिने भएका छन् । एभरेष्ट बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यद्यपि एभरेष्ट बैंकले गत आवको सो नाफाबाट सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको थियो भने माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा १ अर्ब ५६ करोड रहेको छ । बैंकको चुक्ता पुँजी भने १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ रहेको छ । यो वर्ष बैंकले आफ्ना सेयर धनीलाई १५.२९ प्रतिशत लाभांश दिन सक्ने भएपनि बैंकले १४ प्रतिशतमात्रैं लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीहरुलाई गत आवको मुनाफबाट बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई लाभां वितरण गर्नको लागि १ अर्ब ३६ करोड ४२ लाख एक हजार ६९२ (चुक्तापुँजीको १३.३० (प्रतिशत) बोनस सेयर र ७ करोड १८ लाख ८९ रुपैयाँ चुक्तापुँँजीको ०.७० प्रतिशत) नगद लाभांश छुट्याएको छ ।

त्यसै गरी सिटिजन्स बैंक इन्टरनेशल, एनएमबि बैंक र एनआईसी एशिया बैंक पनि लाभांश घोषणा गर्न ठिक्क परेका छन् । यी बैंकहरू लाभांश वितरण गर्न आतुर देखिएका छन् । उनीहरूको अहिलेको एउटै उद्देश्य छ आम सेयरधनीलाई दशैं अघि नै खर्च दिने ।

एनआईसी एशिया बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत, एमएमबि बैंकले ८.१८ प्रतिशत र सिटिजन्स बैंकले ७.३० प्रतिशत लाभांश वितरणको क्षमता राख्दछ । बैंकहरूले वितरण गर्ने लाभांशको भने घोषणा हुन बाँकी नै छ ।

एनएमबिको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ भने बैंकको विवतरण योग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सिटिजन्स बैंक इन्टरनेशलको लाभांश क्षमता ७.३० प्रतिशत रहेको छ । बैंकको चुक्त पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ छ भने बैंकको विवरणयोग्य नापाm ३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ रहेको छ । सोहि प्रक्रियाअनुसार बैंकले ३१.९९ प्रतिशत लाभाश दिनसक्ने क्षमता देखिएको छ । एनआईसी एशिया बैंकले अघिल्लो आर्थिक वर्ष र त्यसको अघिल्लो वर्ष पनि सेयरधनीलाई लाभांश दिएको छैन ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले २८.९९ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको छ भने गत आवमा बैकको २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ विवरणको योग्य नाफा रहेको छ ।

त्यसै गरी नेपाल एसबिआई बैंकको लाभांश क्षमता १३.९३ प्रतिशत देखिएको छ भने राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत लाभांश क्षमता देखिएको छ ।

सनराइज र लक्ष्मी बैंक मर्जर पश्चात बनेको सनराइज लक्ष्मी बैंकले नाफा र अन्य सूचकांक राम्रा भएपनि लाभांश क्षमता भने कम देखिएको छ । २१ अर्ब ६७ करोड २ लाख चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ हुँदा लाभांश क्षमता भने ८.९४ प्रतिशत देखिएको छ ।

ग्लोबल आईएमई बैंकको पनि लाभांश क्षमता ८.२७ प्रतिशतमात्रै रहेको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख पुग्दा लाभांश क्षमता कम देखिएको हो । बैंकको गत आवका वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ । ७ अर्ब २५ करोड ३४ लाख खुद नाफा कमाएको बैंकले इम्पेरिमेन्ट चार्जमा २ अर्ब ७१ करोड रुपैयाँ छुट्याएको छ । सोही कारण बैंकको लाभांश क्षमता कम देखिएको हो ।

त्यसरी नै नेपाल बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत, सिद्धार्थ बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत, प्राइम कमर्शियल बैंक १.०६ प्रतिशत, प्रभु बैंकले ०.६९ प्रतिशत, नेपाल इन्भेष्टन्ट मेगा बैंक ०.४६ प्रतिशत रहेको छ ।

हिमालयन बैंक र कुमारी बैंकले भने वितरणयोग्य नाफा नकारात्मक देखिएको छ । दुबै बैंककले वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँभन्दा धेरैले ऋणात्मक देखिएको छ । यी दुबै बैंकले नाफा कमाएपनि अन्य नोक्सानी व्यहोर्दा लाभांश वितरण गर्न नसक्ने देखिएको हो । हिमालयन बैंक गत आवमा ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ भने कुमारी बैंकले १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा रहेको छ ।

हिमालयन बैंकले गत आवको कमाइबाट २ अर्ब १५ करोड ६१ लाख इम्पेरिमेन्ट चार्जका लागि लाभांश नै वितरण गर्न नसक्ने अवस्थामा पुगेको छ भने कुमारी बैंकले गत आवमा ५ अर्ब ७३ करोड ५८ लाख चार्ज छुट्याएको छ । सो कारण बैंकले पनि गत आवको नाफाबाट यस वर्ष लाभांश बाड्न सक्ने देखिदैन ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स