सुनचाँदी धितो राखेपनि प्रयोजन नखुलेको कर्जाको सीमा ५० लाखमात्रै

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले प्रयोजन नखुलेको ५० लाख रुपेैयाँभन्दा बढी कर्जा दिन नपाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ लाई संशोधन/परिमार्जन थप व्यवस्था गर्दै सो व्यवस्था गरेको हो । बैंकले मुद्दती निक्षेप रसिद, सुन चाँदी र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा शत प्रतिशतसम्म बैंकहरूले कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो ।

संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्त कम्पनीले उल्लेखित धितोमा समेत प्रयोजन नखुलाएमा ५० लाख रुपैयाँमात्र कर्जा दिन बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको हो ।

यसअघि राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका ओभर ड्राफ्ट, सवारी धितो, सम्पत्ति धितो, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोलगायत जुनसुकै शीर्षकका कर्जाहरू प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म कर्जा दिन पाउने व्यवस्था गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स