सिटिजन्स क्यापिटलले १२ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

काठमाडौं । सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले उक्त आवको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने २ करोड ४० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न क्यापिटलले १७ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । साधारण सभा असोज १९ गते झम्सिखेल ललितपुरमा बिहान ११ बजे हुनेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

क्यापिटलले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स