प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ले लाभांश घोषणा गरेको छ ।

भदौ २५ गते बसेको योजना व्यवस्थापक प्रभु क्यापिटलको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा गरेको हो।

फण्डले इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

लाभांश वितरणार्थ बुक क्लोजको मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स