काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र लस्कर फुड्स एन्ड डेलिभरी सर्भिसेजबीच सहकार्य भएको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका मोबाइल बैकिङ प्रयोगकर्ता र कर्मचारीले लस्करको विभिन्न सेवामा विषेश छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङमार्फत् डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।
मोबाइल बैकिङमार्फत् खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।
बैंकले १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।