काठमाडौं । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । प्रदेशको सहकारी मन्त्रालयले सिभिल सहकारीलाई संकटग्रस्त घोषणा गरेको हो । उक्त सहकारीमा एक हजार ४९९ जना पीडित बचतकर्ताबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको थियो ।
बचतकर्ताको बचत ठगी गरेको आरोपमा सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ र उनकी श्रीमती सिर्जना शाक्यसहित केही सञ्चालकहरू अहिले जेलमा छन् ।
कानुनले दिएको अधिकार र नियमअनुसार वित्तीय कारोबार गर्न नसकेका वा नगरेका सरकारीलाई सहकारी विभागको सिफारिसमा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गर्छ ।
भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयले शिवशिखर सहकारीलाई पनि संकटग्रस्त घोषणा गर्ने तयारी गरेको छ । मन्त्रालय स्रोतका अनुसार शिवशिखर सहकारीलाई केही दिनभित्रै संमस्याग्रस्त घोषणा गर्ने तयारी भइरहेको छ । बचतकर्ताको रकम ठगीको आरोपमा शिवशिखरका पूर्व अध्यक्ष केदार शर्मा र उनकी श्रीमती गिता शर्मासहितका केही सञ्चालकहरू जेलमा छन् ।