सानिमा इक्विटी फन्डको लाभांश घोषणा

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ। जसअनुसार १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

नगद लाभांश वितरणार्थ बुक क्लोजसम्बन्धी सूचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स