काठमाडौं । एनआईसी एशिया बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ (मोबैंक) ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।
यो अफरअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैंकिङ ग्राहकले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप प्रयोग गरी कनेक्टआईपीएसमार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्।
यही भदौ १७ गतेदेखि आउँदो असोज २० गतेसम्म लागू हुने उक्त अफरअन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिनेछ) ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ।
फन्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ सेवा (मोबैंक) एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर बैंक्स युजिङ कनेक्टआईपीएस छनौट गर्नुपर्छ। यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्टआईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन।
फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ। हाल २४ लाखभन्दा बढी मोबाइल बैंकिङ ग्राहकले मोबैंक एप प्रयोग गरिरहेका छन् भने मोबाइल बैंकिङमा रहेको कनेक्टआईपीएसमार्फत प्रतिदिन प्रतिकारोबार ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरु भएको बैंकहरु मध्येको बैंक हो। यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरु, ६०१ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ सञ्जाल विस्तार गरेको छ।