यस्तो छ आज अमेरिकी डलरसहित अन्य विदेशी विनिमयको भाउ

काठमाडौं । मंगलबार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिद दर १३२.१० रुपैयाँ र बिक्री दर १३२.७० रुपैयाँ ताकेको छ । सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ कायम थियो ।

युरोपियन युरोको भाउ पनि थौरै बढेको छ । आज १ युरोपियन युरोको खरिद दर १४२.७२ रुपैयाँ तय हुँदा बिक्री दर १४३.३७ रुपैयाँ रहेको छ । सोमबार १ युरोको खरिद दर १४२.२८ रुपैयाँ र बिक्री दर १४२.९३ रुपैयाँ थियो ।

पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६६.८८ रुपैयाँ र बिक्री दर १६७.६३ रुपैयाँ रहेको छ । सोमबार १ पाउण्ड स्टर्लिङको खरिद १६६.२५ रुपैयाँ र बिक्री दर १६७.०१ रुपैयाँ थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स