गरिमा क्यापिटलद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना

काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको छ ।

क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागि ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गरेको हो । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि तपसिल बमोजिम नियम तथा सर्तहरु लागू हुनेछनः

– इच्छुक सम्पूर्ण महानुभावहरुले यस प्रतियोगितामा सहभागी हुन सक्ने छन् ।
– सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको ‘Mentions’ मा पोष्ट गर्नुपर्नेछ ।
– फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः
#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited
– सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी निम्नानुसार नगद उपहार प्रदान गरिनेछ ः
– प्रथम – रु ३०००
– द्वितीय – रु २,०००
– तृतीय – रु १,०००

यस प्रतियोगिताले तीजको समृद्ध परम्परालार्इृृ मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिने कुरामा क्यापिटलले विश्वास व्यक्त गरेको छ । साथै, गरिमा क्यापिटल लिमिटेडले हरितालिका तीजको उपलक्षमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स