सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा विराटनगरमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको विराटनगर महानगरपालिका-६ स्थित शनिमन्दिर चोकमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो ।

विराटनगर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिंङ सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९८ पुगेको छ ।

आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिंङ सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट विराटनगरका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिंङ सेवा लिने वातावरण बन्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स