काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोपियन युरो र पाउण्ड स्टर्लिङ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ कायम भएको छ । आइतबार पनि नेपाल राष्ट्र बैंकले सोही दर कायम गरेको थियो ।
युरोपियन युरोको भाउ भने थौरै घटेको छ । आज १ युरोपियन युरोको खरिद दर १४२.२८ तय हुँदा बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ । आइतबार १ युरोको खरिद दर १४३.२१ रुपैयाँ र बिक्री दर १४३.८६ रुपैयाँ थियो ।
पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज १ पाउण्ड स्टर्लिङको बिक्री दर १६६.२५ रुपैयाँ र बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ । आइतबार १ पाउण्ड स्टर्लिङको खरिद १६७.३९ रुपैयाँ र बिक्री दर १६८.१५ रुपैयाँ थियो ।