काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार शुरु हुने बित्तिकै महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज नेप्सेमा महिला लघुवित्तको कारोबार शुरु भएको केही मिनेटमै सकारात्मक सर्किट लागेको छ । बिहीबार महिला लघुवित्तको सेयर ४८ सय रुपैयाँ प्रति कित्ता करोबार भएको थियो । आइतबार १० प्रतिशत अर्थात ४८० रुपैयाँले बढेर महिला लघुवित्तको सेयर मूल्य ५२८० रुपैयाँ पुगेको छ ।
महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण हुनेछ ।